निर्यातजन्य वस्तुको उत्पादन गर्नेलाई विशेष छुट दिइने : अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले निर्यातजन्य वस्तुको उत्पादन गर्ने कम्पनी तथा व्यवसायीलाई सरकारले विशेष छुटहरु उपलब्ध गराउने बताएका छन् ।
नेपाल समुन्द्रपार निकासी–पैठारी सङ्घको ४०औँ वार्षिक साधारणसभामा मन्त्री खतिवडाले मुलुकमा व्यापार घाटा न्यूनीकरणका लागि सेवा तथा वस्तु निर्यात गर्ने संस्थालाई विदेशी मुद्रामा सहुलियत पुर्नकर्जाको व्यवस्था र सुविधा दिने बताए ।
भन्सार करका विषयलाई सरलीकरण गर्न छिट्टै बोर्ड गठन गरिने बताउँदै उनले मन्त्रिपरिषद्बाट बोर्ड गठनको विषय पारित भएको बताए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मोदीलाल दुगडले व्यवसायीको सहजताका लागि उद्योग दर्ता गर्ने सन्दर्भमा अनलाइनबाट दर्ता गर्न सकिने व्यवस्था मिलाउन लागेको जानकारी दिए । उनले उद्योगसँग सम्बन्धित सबै काम अनलाइनबाटै सेवा प्रवाह गरिने बताए ।
आयोजक संस्थाका अध्यक्ष हिमबहादुर रावलले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेकाले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारले सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसले उत्पादन वृद्धि भई आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि र रोजगारीका अवसरमा सिर्जना हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण