अष्ट्रेलियामा महिलाले सबैभन्दा धेरै मिठाइ खाने प्रतिस्पर्धा जित्न फटाफट केक खाइन्, सास फेर्न नसकेर मृत्यु
अष्ट्रेलियाको क्विन्सल्याण्डमा सबैभन्दा धेरै मिठाई खाने प्रतिस्पर्धा जित्ने चक्करमा ६० वर्षकी एक महिलाको मृत्यु भएको छ । हार्वी बेस्थित बीच हाउस होटलमा ती महिलाले प्रतियोगिता जित्नका लागि एकपछि अर्को गर्दै थुप्रै केक मुखभित्र हालेको बताइन्छ । उनले यसो गर्दा उनलाई सास फेर्न समस्या भयो । त्यहाँ उपस्थित मानिसहरुले उनलाई बचाउने अनेकौं कोसिस गरेको र अस्पताल लैजादाँ पनि उनलाई बचाउन नसकिएको जानकारीमा उल्लेख छ ।
होटलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार महिलाले जब एकैपटक थुप्रै केक खाने कोसिस गरिन् तब उनको सास रोकिन थाल्यो । महिला भुइँमा लड्ने बित्तिकै मानिसहरुले सिपिआर (छातीमा थिच्दै मुखबाट सास दिने प्रक्रिया) दिएर होसमा ल्याउने कोसिस गरे तर उनीहरु सफल हुन सकेनन् । त्यसपछि एम्बुलेन्समार्फत् महिलालाई अस्पताल पठाइयो ।
अष्ट्रेलिया डेमा चर्चित हुन्छ खाने प्रतियोगिताः
घटनापछि बीच हाउस होटलले फेसबुकमा मेसेज पोष्ट गर्दै महिलाको परिवारप्रति समवेदना व्यक्त गरेको छ । अष्ट्रेलियामा धेरै खाने प्रतिस्पर्धा निकै चर्चित रहँदै आएको छ । अष्ट्रेलिया डेमा थुप्रै होटलले यस्ता प्रतियोगिताको आयोजना गर्ने गर्छ । यसदिन अष्ट्रेलियामा आउने पहिलो युरोपेलीलाई याद गरिन्छ । यस्ता प्रतिस्पर्धामा प्रतियोगीले धेरैभन्दा धेरै केके, पाई, हट डग वा अन्य खानेकुरा खाएर इनाम जित्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा