मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि अब अनलाइनबाटै टिकट
काठमाडौं– महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अनलाइन सेवाको सुरु गरेको छ ।
सेन्टरले उपचारको लागि आउने सेवाग्राही विरामीहरुको सुविधाको लागि अस्पतालको टिकट (अपोइन्टमेन्ट) घरमा नै बसेर लिन मिल्ने अनलाइन अपोइन्टमेन्ट सिस्टमको सुरुवात गरेको छ ।
एन्ड्रोइड मोवाइल फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरमा उपलब्ध “मनमोहन सेन्टर” नामको एप डाउनलोड गरि सोमार्फत जचाउन चाहेको दिनको टिकट लिन पाइने व्यवस्था गरिएको छ । सोही सुविधा सेन्टरको वेवसाइट www.mcvtc.org.np मा गएर समेत लिन सकिने र अपोइन्टमेन्ट÷टिकटको शुल्क ई–सेवा तथा प्रभु–पेबाट सोझै तिर्न सकिने व्यवस्था गरिएको छ ।
सेन्टरको लागि मिडास टेक्नोलोजीजले विकास गरेको सो एप आइओएस प्रयोगकर्ताहरुको लागि पनि छिट्टै उपलब्ध गराउने गृहकार्य भईरहेको सेन्टरले जनाएको छ । माघ १२ गते त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदिश प्रसाद अग्रवालले अस्पताल प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच अनलाइन अपोइन्टमेन्ट सिस्टमको उद्घाटन गरे ।
प्रविधिको प्रयोगमा आम सर्वसाधरणको सक्रियता बढि रहेको वर्तमान समयमा यस सेवाले अस्पतालमा जचाउन विहानै देखि लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भई विरामीहरुले घरैबाट टिकट (नामदर्ता) गराएर आफ्नो पालो पर्ने समयमा अस्पताल आई सेवा लिनेको संख्या विस्तार हुने अपेक्षा गरेको छ ।
सेन्टरको अनलाइन टिकट आफै लिन असमर्थ भएमा देशभरी फैलिएका इसेवा तथा प्रभु पेका एजेन्सीहरुको पनि सहयोग लिन सकिने व्यवस्था गरिएको छ । अस्पतालको टिकट अनलाइनबाटै लिन पाउने सुविधाको प्रयोग गरि उपलब्ध गराइएको समयमा अस्पताल आई सेवालिन सम्पूर्ण सेवग्राहीलाई अस्पताल प्रशासनले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण