शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)

शुक्रबार, १२ असार २०८३, ०२ : ००
शुक्रबार, १२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
  • निर्विरोध निर्वाचित भएपछि लामिछानेले मध्यरातमा महाधिवेशन स्थल पुगेर पदाधिकारीका आकांक्षीहरूसँग छलफल गरेका छन् ।
  • रास्वपाको विधान अनुसार १९ जना पदाधिकारी रहने व्यवस्था छ, जसमध्ये ६ वटा पदाधिकारी पदका लागि मात्रै निर्वाचन हुनेछ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएपछि लामिछानेले मध्यरातमा महाधिवेशन स्थल पुगेर पदाधिकारीका आकांक्षीहरूसँग छलफल गरेका छन् । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहँदा लामिछानेले आकांक्षीहरूसँग सामूहिक संवाद गरेका हुन् ।

रास्वपाको विधान अनुसार १९ जना पदाधिकारी रहने व्यवस्था छ । जसमध्ये लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन् भने वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन शाह रहनेछन् । बाँकी रहेका १८ मध्ये ६ वटा पदाधिकारी पदका लागि मात्रै निर्वाचन हुने भएको छ ।

विधान अनुसार खुला उपसभापति (१), महिला उपसभापति (१), खुला महामन्त्री (१), खुला सह–महामन्त्री (२) र महिला सह–महामन्त्री (१) पदका लागि निर्वाचन हुन लागेको हो । अन्य पदहरू मनोनीत गरिने व्यवस्था छ ।

निर्वाचन आयोगले मध्यरातमा दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार आज बिहान ४ बजेदेखि मतदानको प्रक्रिया सुरु हुनेछ । सभापति लामिछानेले यति बेलाम महाधिवेशन स्थलमा रहेर आकांक्षीहरूसँग छलफल गरिरहेका छन् ।

Rabi midnight  (2)Rabi midnight  (3)Rabi midnight  (4)Rabi midnight  (5)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप