शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता

शुक्रबार, १२ असार २०८३, ०३ : २८
शुक्रबार, १२ असार २०८३

सारांश

  • इक्वेडरले फिफा विश्वकप २०२६ को छनोट खेलमा जर्मनीविरुद्ध ७७औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको छ ।
  • स्ट्राइकर गोन्जालो प्लाटाले गोल गरेपछि इक्वेडरले बलियो टोली जर्मनीमाथि रोमान्चक अग्रता लिएको हो ।
  • पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा इक्वेडरले दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको थियो ।

काठमडाौँ । फिफा विश्वकप २०२६ को समूह ‘ई’ अन्तर्गत न्यु जर्सीको इस्ट रदरफोर्डमा जारी खेलमा इक्वेडरले बलियो टोली जर्मनीविरुद्ध रोमान्चक अग्रता लिएको छ ।

खेलको ७७औँ मिनेटमा इक्वेडरका स्ट्राइकर गोन्जालो प्लाटाले गोल गर्दै आफ्नो टोलीलाई २–१ को स्थितिमा पुर्‍याएका हुन् । उनलाई केभिन रोड्रिगेजले गोलका लागि सुन्दर पास उपलब्ध गराएका थिए ।

पहिलो हाफमा १–१ को बराबरीमा रहेको खेलको दोस्रो हाफमा इक्वेडरले आक्रामक रणनीति अपनाउँदै जर्मनीमाथि दबाब बढाएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप