राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्छ : प्रधानसेनापति थापा
दाङ । प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रलाई अप्ठेरो पर्दा नेपाली सेना लड्ने गरेको बताएका छन् । रिपुमर्दन गण घोराहीमा नेपाली सेना सैनिक कल्याणकारीको संयोजनमा भएको भूतपपूर्व सैनिक सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘मुलुकको आस्था, भरोसा र एकताको प्रतीकका रुपमा नेपाली सेना रहेको छ’ उनले भने, ‘देशलाई अप्ठेरो पर्दा, देशलाई अन्याय पर्दा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’
पृथ्वीनारायण शाहको पालादेखि शुरु भएको एकीकृत नेपाल निर्माण गर्ने कार्य अहिले नेपाली सेनाले मुलुकको भूमि मिचिँदा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले नेपाली सेनामा उत्साह, जोस, जाँगर, इमान्दारिता भएकै कारण विश्वमै प्रशंसा गर्न लायक रहेकोसमेत बताए ।
मुलुकको स्वाधीनता र सर्वभौमताका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेकोसमेत उनको भनाइ छ । उनले नेपालीलाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने भन्दै सेनाको यो पहिचानलाई जोगाई राख्नुपर्ने समेत बताए । साथै नेपाली सेनाले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, ऐतिहासिक युद्ध स्थलको संरक्षण सम्बद्र्धन, संस्कृति संरक्षण गर्ने कार्यसमेत गरिरहेको उनले बताए ।
नेपाली सेनाले अहिले सैनिक कल्यानकारिणी कोषमार्फत नेपाली सेनालाई आयआर्जनमुखी बनाउने कार्यसमेत गरेको छ । त्यस्तै नेपाली सेना तथा अवकाश प्राप्त नेपाली सेनाको शिक्षा, स्वास्थ्य, रोजगार, सीप विकासका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।साविक राप्तीका दाङ, रोल्पा, सल्यान, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिमबाट भूपू सैनिकहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा सबै जिल्लाको संस्कार र पहिचान झल्किने नृत्य प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण