थ्रीस्टारलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
काठमाडौं । मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी थ्रीस्टारलाई २–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राईले गोल गरे । मच्छिद्धन्द्रले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।
३८ औं मिनेटमा रेजिनले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनी १० मिनेटअघि दिपक राईको स्थानमा अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका थिए । त्यसपछि मच्छिन्द्रले ९० औं मिनेटमा दोस्रो गोल गरेको थियो । विशालले पोस्ट नजिकबाट गोल गर्दै मच्छिन्द्रलाई सजिलै जिताए ।
बल पोसेसनमा राम्रो देखिएको थ्रीस्टारको स्ट्राईकिङ लाइन कमजोर बनेको थियो । मच्छिन्द्रका पिटर सेगुन म्यान अफ दी म्याच भए । उनलदे १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मच्छिन्द्रले नौ खेलबाट १९ अंक बनाएको छ । समान खेलबाट १४ अंक बनाएको थ्रीस्टार क्लब चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण