राजर्षिजनक विश्वविद्यालयमा तालाबन्दी
जनकपुर । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघद्वारा राजर्षि जनक विश्वविद्यालयमा तालबन्दी गरेको छ । संघले विश्वविद्यालयसँग विभिन्न ८ बुँदे माग राख्दै आइतबार तालाबन्दी गरेको हो । काँग्रेस र नेकपाले विश्वविद्यालयमा राजनीतिककरण गरेको भन्दै संघले तालाबन्दी गरिएको जनाएको छ ।
सटरमै विश्वविद्यालय सञ्चालन गरेर साख र गरिमा धुमिल पार्न खोजिएको आरोप लगाउँदै तालाबन्दी गरिएको प्राडा विनोद साहले बताए । उनले विश्वविद्यालयका पदाधिकारीहरुले श्रोत साधनको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरिरहेका बताए ।
हामीले विश्वविद्यालयको भौतिक संरचना आवश्यक पुर्वाधार सहित शैक्षिक तथा प्राज्ञिक गतिविधिमा सुधार, विश्वविद्यालयको पदाधिकारी, कर्मचारी तथा प्राध्यापकको भर्ना प्रक्रिया पारदर्शी हुनुपर्ने माग राख्दै तालाबन्दी गरेको उनले बताए ।
संघले पुस २७ गते विभिन्न मागसहित उपकुलपति भरत झालाई ध्यानाकर्षण सहित अल्टिमेटम पत्र बुझाएको थियो । उक्त मागको सुनुवाई नभएपछि रजिष्टार र डिनसहितको कार्यालयमा तालाबन्दी गरिएको संघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण