कोरोना भाइरसको सन्त्रासः चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग
सोमबार, १३ माघ २०७६, २२ : ४०
काठमाडौं । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ । नाट्टाले आज एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको बुहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो ।
नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताए । ‘कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पु¥याउनु जरुरी छ’, उनले भने । नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेक्स स्थापना गर्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण