लागुऔषधसहित प्रहरी जवान पक्राउ
धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित विराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।
गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।
पैदल हिडेर आउँदै गरेका गिरीको व्यवहार शंकास्पद लागेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटमा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो । पक्राउ परेका गिरीविरुद्ध लागुऔषध ऐन अन्तर्गत मुद्दा दायर गरी जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कारागार सुरक्षा गार्ड झापा दरबन्दी भएका जवान गिरी सुनसरीको दुहवी स्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण