सरकारको नीति नमान्ने संघ–संस्थालाई नियन्त्रण गरिन्छ: मन्त्री गुरुङ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सरकारको नीति तथा कार्यक्रमको परिधिभित्र रहेर मात्रै काम गर्न गैरसरकारी संस्थाहरुलाई सचेत गराएका छन् । बुधबार गोगो फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘नेपालका नागरिक संस्थाहरुमा असल अभ्यासका सूचकहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले संस्थाहरुलाई सचेत गराएका हुन् ।
मन्त्री गुरुङले गैरसरकारी संस्थाहरुले संविधान, कानुन र सरकारको नीति तथा कार्यक्रमभन्दा बाहिर गएर काम गरे कडा कार्वाही गर्ने चेतावनी पनि दिए । उनले सामाजिक संघ–संस्थाहरुले मुलुकलाई समृद्ध बनाउने सरकारको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्नुपर्ने पनि स्पष्ट पारे ।
‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न गैरसरकारी संस्थाहरुले पनि सरकारसँग मिलेर काम गर्नुको विकल्प छैन,’ मन्त्री गुरुङले भने, ‘सरकारको नीति तथा कार्यक्रममा समावेश भएर अघि नबढने कुनै पनि संघ–संस्थालाई सरकारले नियन्त्रण गर्छ ।’
मन्त्री गुरुङले सरकारले कुनै पनि सामाजिक संघ–संस्थालाई नियन्त्रण गर्ने नीति नलिएको पनि पटक–पटक दोहो¥याए । उनले सामाजिक संघ–संस्था सम्बन्धि ऐन सरोकारवाला निकायको राय सुझावको आधारमा मात्रै अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण