बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

भारतीय अभिनेता करणवीर बोहरा नेपाल आउन पाएनन्

शुक्रबार, १७ माघ २०७६, १२ : २२
शुक्रबार, १७ माघ २०७६

भारतीय टिभी जगतका चर्चित नाम करणवीर बोहरा आफ्नो व्यावसायिकका साथै नीजि जीवनबारे पनि निकै ध्यान दिन्छन् । हालै करणवीर आफ्नो परिवारसँग नेपाल घुम्न आउने तयारीमा थिए तर उनलाई दिल्ली एयरपोर्टमा नै रोकियो ।

वास्तवमा करणवीर बोहरा आधार कार्डको माध्यमले नेपाल आइरहेका थिए तर आधार कार्ड ट्राभल डकुमेन्ट होइन । नियमका अनुसार हवाई यात्रामार्फत् नेपाल प्रवेश गर्न पासपोर्ट अनिवार्य छ ।

उनले यसबारे ट्वीट गर्दै जानकारी दिए, ‘नेपाल जानेबेला दिल्ली एयरपोर्टमा डिपोर्ट गरियो । आधार कार्डमार्फत् यात्रा गर्न अनुमती छैन । नेपाल सरकारले यसलाई स्विकार गर्दैन भने एयर इन्डियाले मलाई मुम्बईबाट उडान भर्नबाट किन रोकेन त ?’

एयर इन्डियाले करणवीर बोहराको ट्वीटको उत्तर पनि दिएको छ । यसमा एयर इन्डियाको एउटा फाइल पनि पोस्ट गरिएको छ । यसमा नेपाल यात्रा गर्नका लागि पासपोर्ट अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप