शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लभ डायरिज’ गीत: रुविना बिना सुशीलको जीवन अधुरो

आइतबार, १९ माघ २०७६, १७ : ३५
आइतबार, १९ माघ २०७६

काठमाडौं । ‘लभ डायरिज’ २ फागुनबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको रोमान्टिक गीत समेत सार्वजनिक गरेको छ ।  मानस विक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतमा निर्देशक सौरभ चौधरीकै कोरियोग्राफी छ । 

गीतमा फिल्मका कलाकार सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुविना थापाको अभिनय देख्न सकिन्छ ।  सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सुशील, रुविना र विश्वजितका अलावा बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ । 

सञ्जय लामाको छायाँकन रहेको फिल्मका निर्माता विनोद सापकोटा हुन् । मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन फिलममा छ ।  युवायुवती बीचको माया प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप