चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपालमा
शुक्रबार, २८ वैशाख २०८१, १८ : ०८
काठमाडौँ । चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल आएकी छन् । उनी आफ्नो टिमसहित शुक्रबार काठमाडौँ उत्रिएकी हुन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई नेपालमा स्वागत गरेका छन् । पेङ्ग नेपाल आएको जानकारी भुवनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएका छन् ।
पेङ्गको नेपाल भ्रमणको उद्देश्य व्यवसायिक काम तथा चाइनिज फिल्मको बजार बिस्तार रहेको बताइन्छ । उनी कति दिन नेपाल बस्छिन् र कहाँ कहाँ भ्रमण गर्छिन् । त्यो केही खुलाइएको छैन ।