स्क्रिनमा राज गर्ने यी नायकले अन्तिममा भोग्नुपर्यो भोकमरी, दुर्दशा, यसरी भयो मृत्यु
‘इतना सन्नाटा क्यों हे भाइ ?’ फिल्म ‘शोले’ मा एके हंगलको यो डायलग यति चर्चित रह्यो कि यो नै उनको पहिचान बन्न गयो । एके हंगल फिल्ममा आउन चाहँदैनथे तर भाग्यले उनलाई यसमै डोहोरायो ।
एके हंगल एक स्वतन्त्र सेनानी थिए तर भाग्यले गर्दा उनलाई फिल्ममा खेल्ने अफर आयो । उनले फिल्ममा थुप्रै अविष्मरणीय भूमिका निभाए जसका कारण उनी सधैं मानिसहरुको मन मस्तिष्कमा रहे । ४० वर्षको फिल्मी करियरमा एके हंगलले करिब २ सय २५ फिल्ममा काम गरे । उनले प्रत्येक फिल्ममा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भए ।
हिन्दी सिनेमाको इतिहासमा एके हंगल र उनको योगदान अहिले पनि याद गरिन्छ तर एक समय यस्ते थियो जब त्यही इन्डष्ट्रिले हंगलको साथ छोडिदिएका थिए जब उनी आर्थिक रुपले कमजोर भए ।
ग्ल्यामर इन्डष्ट्रिको यही नै वास्तविकता हो । यहाँ जबसम्म मानिसहरु तपाईंको पछि लाग्छन् जबसम्म तपाईं सूर्यजस्तै चम्किनु हुन्छ । जब तपाईंको प्रकाश सिद्धिन्छ तब तपाईंको पछि लाग्ने मानिसहरु पनि एकाएक हराउँछन् । एके हंगल पनि यस्तै प्रकारको पीडाका शिकार भएका थिए ।
पद्म भूषणबाट सम्मानित नायक एके हंगलले आफ्नो अन्तिम दिन एउटा सानो कोठामा बिताउनु परेको थियो । तपाईंलाई विश्वास नलाग्ला तर उनी ९५ वर्षको उमेरमा आफ्ना छोरासँग निकै सानो घरमा बस्नुपरेको थियो । उनले ‘शोले’, ‘बावर्ची’, ‘नमक हराम’, ‘मंजिल’ र ‘शौकिन’ जस्ता हिट फिल्ममा काम गरे ।
एक समय जब हंगलको स्थिती निकै खराब भयो तब उनीसँग औषधी किन्ने पैसा र मेडिकल बिल भर्नेसम्म पैसा थिएन । यद्यपी, फिल्म इन्डष्ट्रिबाट अमिताभ बच्चन र करण जोहरजस्ता कलाकारले उनलाई आर्थिक सहयोग गरेका थिए ।
एके हंगल एकपटक आफ्नो घरको बाथरुममा चिप्लिएर लडे जसका कारण उनको खुट्टाको हड्डी टुट्यो र पिठ्युँमा चोट लाग्यो । त्यसपछि उनलाई शल्यक्रिया लगियो तर छाती र सास फेर्न समस्या भएकाले उनको शल्यक्रिया हुन सकेन ।
उनको हालत थप बिग्रिएपछि हंगललाई लाइफ सपोर्ट सिस्टममा राखियो । बिस्तारै उनको फोक्सोले काम गर्न बन्द गर्यो र उनको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण