मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
सारांश
- मोरङको सुनवर्षी नगरपालिकामा चार वर्षीया बालिका मृत फेला परेको घटनामा महिला, बालबालिका तथा लैङ्गिक समानता मन्त्री सीता बादीले गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।
- मन्त्री बादीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत घटनाको जानकारी लिँदै निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्न निर्देशन दिएकी छन्।
- उनले पीडित परिवारलाई सहयोग गर्न आग्रह गर्दै बालबालिकामाथिको हिंसामा सरकारको शून्य सहनशीलताको नीति रहेको दोहोर्याएकी छन्।
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री बादीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत संवाद गरी घटनाको अवस्थाबारे जानकारी लिएकी हुन्।
उनले निष्पक्ष, द्रुत र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा घटनामा संलग्न जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही सुनिश्चित गर्न निर्देशन दिएकी छन्।
मन्त्री बादीले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेकी छन्।
साथै बालबालिकामाथि हुने हिंसा तथा अपराधप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको दोहोर्याउँदै न्याय सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्न उनले निर्देशन दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण