वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
सारांश
- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
- राज कुमार भण्डारीले न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट ३ लाख र सुरेश घिमिरेले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट १८ लाख रुपैयाँ ठगी गरेका थिए।
- पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौँको तारकेश्वर र चाबहिलबाट पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देहीका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गाका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्।
पक्राउ परेकामध्ये राज कुमारले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ३ लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले राज कुमारलाई काठमाडौँ तारकेश्वरबाट र सुरेशलाई काठमाडौँ चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण