कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो (अपडेट)
एजेन्सी । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।
गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ । बिहीबार एशियाली समूद्रको यात्रामा रहेका दुइ पानी जहाजमा हजारौँ व्यक्ति घण्टौँसम्म फसेका थिए । जसमध्ये २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ ।
यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुबेई प्रान्तको उहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ । यसअघि यसै हप्ताको शुरुमा नै एक हजार शैया भएको अस्पताल बनाइसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले चीनको हुबेइमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटपूट रहेको बताएको थियो ।
चीनका अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि उक्त सङ्गठनले जनाएको छ । चीनको हुबेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने अन्तर्राष्ट्रिय समूदायले विश्वास व्यक्त गर्दै आएको छ । –सिन्हवा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण