फिफा विश्वकपको स्टेडियममा काम गरेर रित्तो हात फर्किएकाले पाए तीन वर्षपछि तलब
शुक्रबार, २४ माघ २०७६, ०७ : १८
कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् ।
सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीलाई ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्किएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयासपछि तलब दिलाएको हो ।
तीन वर्षको प्रयासपछि कम्पनीले दिनुपर्ने ९० लाख रुपैयाँ पीडित युवाले पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जाँदाजाँदै सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
लामो समय तलब नपाइ फर्कनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवास्ता प्रमुख रहेको पीडितले बताएका छन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण