शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा विश्वकपको स्टेडियममा काम गरेर रित्तो हात फर्किएकाले पाए तीन वर्षपछि तलब

शुक्रबार, २४ माघ २०७६, ०७ : १८
शुक्रबार, २४ माघ २०७६

कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् । 

सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करी मिना नामक कम्पनीलाई ३४ नेपाली श्रमिकलाई बिनातलब नेपाल फर्किएपछि नेपाल सरकारले लामो समयसम्म गरेको प्रयासपछि तलब दिलाएको हो ।

तीन वर्षको प्रयासपछि कम्पनीले दिनुपर्ने ९० लाख रुपैयाँ पीडित युवाले पाएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जाँदाजाँदै सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । 

लामो समय तलब नपाइ फर्कनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवास्ता प्रमुख रहेको पीडितले बताएका छन् । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप