प्रदेश २ को सीमावर्ती क्षेत्रमा कोरोना भाइरस चेकजाँच हेल्प डेस्कको स्थापना
जनकपुर । कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले धनुषाको सिमावर्ती क्षेत्रका विभिन्न नाकामा हेल्थपोष्ट स्थापना गरिएको छ । धनुषाको सिमावर्ती क्षेत्रस्थित जटही लगायत प्रदेश नम्बर २ को अधिकांश सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं चेक जाँचका लागि हेल्प डेक्स स्थापना गरिएको हो ।
जटही नाकामा कोरोना भाइरस हेल्प डेस्कका लागि नगराईन नगरपालिका, प्रादेशिक अस्पताल जनकपुर र सशस्त्र प्रहरीको सहयोगमा हेल्प डेस्क सञ्चालन गरेको नगराईन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए ।
त्यस्तै, प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा महोत्तरीका १३ स्थानमा कोरोना भाइरस चेकजाँचका लागि हेल्प डेक्स गरिएको छ । भारतको विहार राज्यको सितामढी जिल्लाका चरौत निवासी एक युवकमा कोरोना भारइसको लक्षण देखिएपछि प्रदेश नम्बर २ का अधिकांश मुख्य नाकाहरुमा कोरोना भाइरस चेकजाँच डेस्क स्थापना गरिएको नगर प्रमुख यादवले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण