नेकपा संसदीय दलको बैठकमा सरकारको कामको समीक्षा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीको प्रदेश संसदीय दलको बैठकमा कर्णाली प्रदेश सरकारको कामको समीक्षा भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतमा आज बसेको संसदीय दलको नियमित बैठकमा प्रदेश सरकारका विभागीय मन्त्रीले दोस्रो चौमासिकको हालसम्म भए÷गरेका कामको प्रगतिबारे दलका सदस्यलाई अवगत गराएका थिए ।
बैठकमा मुख्यमन्त्री शाहीले सरकारले कर्णाली प्रदेश समन्वय परिषद्, विकास परिषद् बैठक सम्पन्न गरेको बताउँदै त्यसको दूरगामी प्रभाव सकरात्मक पर्ने विश्वास दिलाए ।
प्रक्रियागत ढिलाइ, जनशक्ति व्यवस्थापन र विकट भूगोलका कारण सरकारको काममा ढिलासुस्ती देखिए पनि अब त्यही गति नरहने उनको भनाइ थियो । बैठकमा मुलतः संसद्को भूमिकालाई जतिसक्दो प्रभावकारी बनाउने, सरकारका विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनलाई जनअपेक्षाकृत ढङ्गबाट लैजाने भन्ने विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
“सरकार आगामी बस्ने संसद् बैठकलाई फलदायी बनाउनेतर्फ केन्द्रित भएको छ”, कानूनमन्त्री भण्डारीले भने, “विकास निर्माणका कार्यलाई गतिशील बनाउन सबैको साथ सहयोगबाट सरकार अघि बढ्छ ।” हिउँदको समय, जनशक्ति अभाव र भौगोलिक विकटताले विकास निर्माणका कार्यमा केही अवरोध आए पनि अब सरकारका सबै काम नियमितरूपमा सञ्चालन हुने प्रदेश सरकारले बताएको छ ।
नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारका मन्त्रीहरुले आआफ्नो मन्त्रालयगत प्रगति विवरण प्रस्तुत गरेपश्चात भएको समीक्षा सौहाद्रताका साथ सम्पन्न भएको बताए । दलको बैठकमा नेकपाका प्रदेशसभा सदस्यले आआफ्ना सुझावात्मक धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण