सेती नदीको खोँचमा खसेका आकाशको सकुशल उद्धार
सोमबार, २७ माघ २०७६, १३ : १७

पोखरा । पोखरास्थित सेती नदीको खोँचमा खसेका २३ वर्षीय आकाश गुरुङको सकुशल उद्धार गरिएको छ ।
सोमबार बिहान उनी नदीको खोँचमा खसेका थिए । घटनाबारे जानकारी पाउनासाथ उद्धारमा खटिएको सुरक्षा निकायको टोलीले उनको सकुशल उद्धार गरेको हो ।
पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर खसेपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भइ हाल सोही स्थान बस्ने आकाश आफैँ खोचमा खसेका थिए ।
स्थानीयबासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण
-
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा