सेती नदीको खोँचमा खसेका आकाशको सकुशल उद्धार
सोमबार, २७ माघ २०७६, १३ : १७
पोखरा । पोखरास्थित सेती नदीको खोँचमा खसेका २३ वर्षीय आकाश गुरुङको सकुशल उद्धार गरिएको छ ।
सोमबार बिहान उनी नदीको खोँचमा खसेका थिए । घटनाबारे जानकारी पाउनासाथ उद्धारमा खटिएको सुरक्षा निकायको टोलीले उनको सकुशल उद्धार गरेको हो ।
पोखरा महानगरपालिका–९ पार्वती टोलस्थित सेती नदीको खोँचमा आफ्नो कुकुर खसेपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भइ हाल सोही स्थान बस्ने आकाश आफैँ खोचमा खसेका थिए ।
स्थानीयबासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण