कविता : समय आउने छ !
-सुनीलबाबु श्रेष्ठ
मेरो प्यारो छोरा
अहिले र
जीवनको अन्तिम श्वास रहुन्जेल
तिमी ज्ञानीमात्र भइरहनू
अहिलेको यो तिम्रो उमेर
पुतलीको पछीपछी कुद्दै
फूलबारीमा खेलेर रमाउने हो
आमा बा’को काखमा लुटपुटिएर
असिम प्रेमको आनन्दमा डुब्ने समय हो
जीवनका असीमित सपनाहरु देखेर
अहिले नै त्यसैको पछीपछी दगुर्ने
तिम्रो यो बेला होइन छोरा !
मेरो प्यारो छोरा
त्यसका लागि एक दिन
त्यो समय
पहाडहरु चढेर तिमी भएको ठाउँ आउनेछ
र सयौँ ताराहरु देखाउँदै
सिकाउने छ तिमीलाई
तिम्रा सुदूरभविष्यको बाटाहरु पछ्याउँन
कति अस्थिर छन् तिम्रा सपनाहरु !
कहिले डाक्टर बन्छु भन्छौ
कहिले इन्जिनियर
कहिले प्रशासक हुन्छु भन्छौ
कहिले राज्य चलाउन नेता
कहिले वकिल हुन्छु भन्छौ
विश्वास छ मलाई
यीमध्ये तिमी जे पनि बन्न सक्छौ
तर तिमीलाई सोध्न चाहन्छु
मृत्युको मुखमा पुगेका
लाचार बिरामीको मोलमोलाई गर्ने
कसाई डाक्टर बन्न चाहन्छौ कि
मानवताले भरिएको महान डाक्टर ?
देशका संरचनाहरु कमसल बनाउने
विवेकहीन इन्जिनियर बन्न चाहन्छौँ कि
मजबुत देश बनाउने महान इन्जिनियर ?
देशको नीतिनियमलाई धमिरा लगाएर
लुट मच्याउने प्रशासक बन्न चाहन्छौ कि
गर्व गर्न लायकको प्रशासक ?
भ्रष्टाचारमा लिप्त हुने
गैरजिम्मेवार नेता बन्न चाहन्छौ कि
देश र जनताको लागि समर्पित राजनेता ?
खुनी र बलात्कारीहरुको पक्षमा
नक्कली साक्षी राखेर अदालतमा
घमण्डसाथ बहस गर्ने वकिल बन्न चाहन्छौ कि
न्यायको वकालत गर्ने वकिल ?
यी प्रश्नको उत्तरका लागी
छोरा ! सिक्नु छ तिमीले धेरै कुराहरु
जुन पढाइँदैनन् तिम्रो विश्वविद्यालयहरुमा
तिमीले बुझ्नुपर्छ मान्छे बन्न
चालचलन, संस्कार र नैतिकता
सत्य र न्याय
माया र प्रेम
निष्ठा र सम्मान
इमान र कर्तव्य
यी कुराहरु सिकेनौँ भने
निर्माता मात्र बन्ने छौ ग्याँस च्याम्बरको
जहाँ हिटलरले
खारानी बनाएका थिए हजारौँ नानीहरुलाई
युद्धसँग कुनै साइनो नभएको
निर्दोष जनतामाथि आणविक अस्त्र वार्षाउने
हृदयविहीन शासक मात्र हुनेछौ
जनताका मन र घरहरु जल्दा
दरबारको कौसीमा बसेर बाँसुरी बजाउने
बेपर्वाह निरोबाहेक अरू हुन सक्दैनौँ
तिमी अरू केहि बन्न सक्दैनौ
भावनाविहीन मानवभन्दा
म देख्न चाहन्छु तिमीमा
स्पार्टाकसको विद्रोह
अब्राहम लिङ्कनको सङ्घर्ष र सालिनता
मन्डेलाको उच्च स्वार्थ
माक्र्सको अध्ययनशीलता
होचि मिन्हको आदर्श र नैतिकता ।
मेरो प्यारो छोरा
त्यसका लागि एक दिन
त्यो समय
पहाडहरु चढेर तिमी भएको ठाउँ आउनेछ
र सयौँ ताराहरु देखाउँदै
सिकाउने छ तिमीलाई
तिम्रा सुदूर भविष्यको बाटाहरु पछ्याउन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण