आपूर्ति राज्यमन्त्री दुगड र यूएईका ऊर्जा तथा उद्योग मन्त्रीबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल आज भेटवार्ता भएकाे छ ।
युएईको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटमा दुईपक्षीयका विषयमा पक्षहरुमा छलफल गरेका छन्।
वार्ताका क्रममा दुई देशबीच जलविद्युत, नवीकरणीय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा पनि छलफल भएकाे नेपाली दूताबस आबुधावीले जनाएको छ।
भेट्मा राज्यमन्त्री दुगडले नेपालमा कृषि , पर्यटन , जलविद्युत, उर्जालगायतका क्षेत्रहरुमा लगानीको धेरै सम्भावना रहेको बताउँदै यूएई सरकार र निजी क्षेत्रहरुलाई नेपालमा लगानी गर्न आह्वान पनि गरेका थिए।
दुबईमा आयोजना हुने एक्सपो २०२० का प्रतिनीधिहरुसँग भेटघाट तथा एक्सपोमा बनिरहेको नेपाल पेभिलियनको निरीक्षणका लागि राज्यमन्त्री दुगड शुक्रबार यूएई आएका हुन्।
भेटघाटमा यूएईका लागि नेपाली राजदूत कृष्ण ढकाल, उपनियोग प्रमुख रिता धितालकोसमेत उपस्थिति रहेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण