ओली सरकार शिक्षा क्षेत्रलाई तहसनहस बनाउनतिर लाग्योः नैनसिंह महर
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वर्तमान सरकार नेपालको शिक्षा क्षेत्रलाई तहसनहस गर्न उद्धत रहेको बताएका छन् ।
राजधानीको नयाँ बानेश्वरमा आयोजित ‘शिक्षा क्षेत्रका चुनौतीहरु र समाधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता महरले ठूलो लगानी र मिहिनेतका साथ तयार पारिएको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन शैक्षिक माफियाहरुको दबाबमा परेर १ वर्ष बितिसक्दा समेत दराजमा थन्काएर राखेको बताए ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानको प्रतिकुल हुनेगरी शिक्षा नीति ल्याएकोले शैक्षिक वातावरण समेत विथोलिएको नेता महरको भनाइ छ ।
विश्वविद्यालयहरुमा व्यापक राजनीतिकरण र भागबण्डा गरेर नेपाल संस्कृत, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सूदुरपश्चिमाञ्चल, पोखरा र कृषि तथा वनविज्ञान विश्वविद्यालय र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि नेतृत्वविहिन भएको उनले दाबी गरे ।
वर्तमान नेकपा सरकारले कुुरा समाजवादका गरे पनि काम भने अवसरवाद उन्मुख भएको नेता महरको तर्क छ ।
वर्तमान सरकार हरेक मोर्चामा असफल रहेको भन्दै काण्डैकाण्डमा तल्लीन समेत रहेको नेता महरको आरोप छ ।
शिक्षा र स्वास्थ्यमा जनताका छोराछोरीको समान पहुँच पुर्याउन शिक्षा र स्वास्थ्य राज्यको नियन्त्रणमा ल्याउनुको विकल्प नरहेको महरले बताए ।
आफ्ना मान्छेलाई पोस्ने सरकारको रबैयाका कारण विश्वविद्यालय निमित्तको भरमा चलिरहेका उनले बताए ।
निमित्तको भरमा सञ्चालित सबै विश्वविद्यालयको आर्थिक, शैक्षिक तथा प्रशासनिक गतिविधि सुस्त भएको महरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण