एमिनेमको ‘-याप गड’लाई युट्युबमा एक अर्ब पटक हेरियो
हिपहप स्टार एमिनेमको अर्को भिडियोलाई युट्युबमा एक अर्ब पटक हेरिएको छ । ४७ वर्षीय गायकको ‘-याप गड’ ले सन् २०१३ मा रिलिज भएको ६ वर्षपछि एक अर्ब भ्यूजको कोशेढुङ्गा पार गरेको हो ।
शुक्रबार एमिनेमले आफ्नो इन्सटाग्राम र ट्वीटरमा ‘-याप गड’लाई एक अर्ब भ्युको कोशेढुङ्गा पार गर्न सहयोग गर्न आग्रह गरेका थिए ।
१ अर्ब पटक हेरिएको भिडियोको कोशेढुङ्गा पार गरेको एमिनेमको यो तेस्रो भिडियो हो । यसअघि उनको ‘नट अफ्रेड’ र ‘लभ द वे यु लाई’ लाई युट्युबमा १ अर्ब पटक भन्दा बढी हेरिसकिएको छ ।
अहिलेसम्म लुई फोन्सी र ड्याडी याङ्कीको ‘डेस्पासिटो’ गीत युट्युबमा सर्वाधिक हेरिएको भिडियो हो । हालसम्म यो गीतलाई ६.६ अर्ब पटक हेरिएको छ ।
सन् २०१२ मा रिलिज भएको दक्षिण कोरियाली गायक ‘साई’ को ‘गङनम स्टाइल’ गीत युट्युबमा एक अर्ब पटक हेरिने पहिलो भिडियो थियो । यसलाई अहिले ३.५ अर्बपटक भन्दा बढी हेरिसकिएको छ ।
सन् २०१५ मा विज खालिफा र चार्ली पुथको ‘सी यू अगेन’ एक अर्ब पटक हेरिने पहिलो -याप भिडियो बनेको थियो । स्वर्गीय अभिनेता पाउल वाकरको सम्झनामा बनाइएको उक्त गीतले ६ महिनामा नै उक्त कोशेढुङ्गा पार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?
-
रिङ्कु कुमारीसिंह मृत्यु प्रकरणमा पति, सासू र ससुरा पक्राउ
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण