मदिरा सेवन गरेर बलात्कार गर्ने एक युवा पक्राउ
मङ्गलबार, ०६ फागुन २०७६, १७ : ४६
बुटवल । जबरजस्ती करणीको अभियोगमा एक युवालाई प्रहरीले पकाउ गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सोमबार राति स्थानीय एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । मदिरा सेवन गरेर रातिको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसी जवरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए ।
थारुविरुद्ध जवरजस्ती करणी उद्योगमा कारवाहीका लागि अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण