रुकुममा लागुऔषधसहित ७ जना पक्राउ
रुकुम । रुकुम पश्चिममा अवैध लागुऔषध र ट्याबलेटसहित सात पक्राउ परेका छन् । पक्राउ परेका सातमध्ये पाँच जनासँग अवैध चरेश र दुई जनासँग लागुऔषध ट्याबलेट फेला परेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलन गरी लागुऔषध चरेश र ट्याबलेट कारोवारीलाई एकैसाथ सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–११ का २८ वर्षीय विमलकुमार शाही र सानीभेरी गाउँपालिका–४ का बलबहादुर चन्द रहेका छन् । त्यस्तै बाँफीकोट गाउँपालिका–८ का २३ वर्षीय लक्ष्मण केसी र सोही गाउँपालिका–५ का ३१ वर्षीय महेन्द्रकुमार केसी रहेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक केसीका अनुसार गएको माघ २४ गते बिहान ४ बजे आठबिसकोट नगरपालिका–१४ छेपारेमा अवैधरुपमा लुकाइछिपाइ राखेको स्थानबाट चारलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चारैबाट २७५ ग्राम परिमाणको खैरो रङको सेलेदार चरेश, अफिमजस्तो देखिने ३० ग्राम कालो अर्ध ठोस पदार्थ र १३ किलोग्राम खैरो रङको अर्ध ठोस पदार्थ बरामद गरिएको बताइएको छ । पक्राउ परेका चारैलाई रुकुम जिल्ला अदालतबाट पहिलोपटक म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका–१ घ्यूखोलाबाट रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० का १९ वर्षीय सिलास बुढालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बुढाको साथबाट एक किलोग्राम लागुऔषध चरेश, जनावरको जस्तो देखिने ७०० ग्राम सुकुटी र कस्तुरीको एक थान दाँत फेला परेको प्रहरीले जनाएको छ ।
त्रिवेणी गाउँपालिका–३ झुल्नेटा बजारबाट मुसिकोट नगरपालिका–३ का २१ वर्षीय विष्णु कसेरा र पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का १९ वर्षीय गायस पुनलाई लागुऔषध ट्याबलेटसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कसेरा र पुनको साथबाट अवैध लागुऔषध ट्रमाडोल १७७ क्याप्सुल र २५७ विभिन्न नामका लागुऔषध ट्याबलेट बरामद गरिएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
-
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
-
मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण