जब डोनाल्ड ट्रम्पले आफूलाई ‘बाहुबली’का रुपमा प्रस्तुत गरे
एजेन्सी । भारत भ्रमणमा निस्किनु अघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू भारतका आफ्ना मित्रसँगको भेटघाटका आशामा रहेको बताएका छन् ।
तर कुरा त्यति मात्रै थिएन । उनले यो कुरा ट्वीटमार्फत भने र साथमा एउटा भिडियो रिट्वीट गरे जसमा उनले आफूलाई ‘बाहुबली’को रुपमा पेश गरेका थिए ।
ट्रम्पको ट्वीटपछि ट्वीटरमा भिडियोप्रति हंगामा भएको छ ।
ट्वीट भएको २४ घण्टाभित्र १८ लाखभन्दा बढी मानिसले भिडियो हेरिसकेका छन् ।
के छ भिडियोमा ?
ट्रम्पले शेयर गरेको भिडियो ‘फोटोसप’ गरिएको हो र त्यसमा सुपरहिरो फिल्म ‘बाहुबली’का केही सट्समा अमरेन्द्र बाहुबलीको अनुहारमाथि ट्रम्पको अनुहार लगाइएको छ ।
त्यसपछि भिडियोमा अभिनेता प्रभाशले गरेको कर्तव ट्रम्पले गरिरहेको देख्न सकिन्छ ।
भिडियो क्लिपमा राष्ट्रपति ट्रम्पका अतिरिक्त उनकी श्रीमती मेलनिया ट्रम्प र छोरी इभान्का ट्रम्पका अनुहार बाहुवली फिल्मका अन्य पात्रको अनुहारमा इम्पोज गरिएको छ ।
केही दिन पहिले राष्ट्रपति ट्रम्पले ‘शुभ मंगल ज्यादा सावधान’ फिल्मको प्रशंसा गर्दै एक ट्वीट शेयर गरेका थिए ।
फिल्ममा अभिनेता आयुष्मान खुरानाले एक समलिंगी व्यक्तिको भूमिका निभाएका छन् ।
फेब्रुअरी २४–२५ को दुई दिने भारत भ्रमणको क्रममा ट्रम्पसँग उनका परिवारका अन्य सदस्य श्रीमती मेलनिया ट्रम्प, छोरी इभान्का ट्रम्प र ज्वाई जेर्ड कुस्नर पनि आउदैछन् ।
Look so forward to being with my great friends in INDIA! https://t.co/1jdk3AW6fG
— Donald J. Trump (@realDonaldTrump) February 22, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण