छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका-८ बालकुमारी खरिबोटस्थित सडकमा बा.३८ प ८३५७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक काठमाडौं लाजिम्पाट बस्ने ३१ वर्षीय दिवस किशोर भट्टराई र मोटरसाइकलमा सवार ३२ वर्षीया ललिता राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका-९ च्यामासिंहस्थित सडकमा बा.३ क ३५८८ नम्बरको ट्रकले आइतबार साँझ ठक्कर दिंदा सोही नगरपालिका-१० कमलबिनायक बस्ने ११ वर्षीय पैदलयात्री तिलक मकाजुको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका तिलकको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर हुँदै बिएण्डबि अस्पताल ग्वार्खो ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालक रोल्पा रुम्तीगढी गाउँपालिका-१ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१० भातेढिकुर बस्ने २६ वर्षीय शुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण