त्रिवि उपकुलपति कार्यकक्षमा लगाइएको ताला खुल्यो
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले विभिन्न ७ बुँदे माग राखेर त्रिवि उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलेको छ। आज त्रिविको वार्ता समिति र युनियनबीच भएको वार्तामा मागहरु पुरा गर्ने निर्णय भएपछि ताला खोल्ने सहमति भएको हो ।
सहमतिअनुसार सरोकारवाला विद्यार्थी संगठनसँग छलफल गरेर स्ववियु निर्वाचनबारे निर्णय गर्ने, परीक्षा नियन्त्रण कार्यालयलाई जनशक्ति तयार गरि अनलाइन प्रणालीमा लैजाने, विश्वविद्यालयमा रहेका कर्मचारीहरुबाट बिजुली लगायतको बाँकी आवास शुल्क असुल्ने, विश्वविद्यालय परिसरमा रहेका छाप्रा टहरा र पशुपन्छी पालन गरेको पाइए हटाउने, त्रिवि क्यालेन्डरलाई कडाइका साथ पालना गर्ने, कर्मचारी र प्राध्यापकहरु फुलटाइम नियमित गराउन इलेक्ट्रोनिक हाजिर मेसिन जडान गर्ने सहमति भएको छ। त्रिविबाट वार्ता समितिको नेतृत्व अनुगमन निर्देशनालयको कार्यकारी निर्देशक बिष्णुप्रसाद खनालले गरेका थिए भने समाजवादी युनियनबाट त्रिवि समिती संयोजक बलबहादुर रम्तेलले गरेका थिए । युनियनले गत ७ गते ताला लगाएपछि त्रिविको कामकारबाही प्रभावित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण