प्रियंका कार्कीको मेहेन्दी र संगीत (फोटोफिचर)
बिहिबार विवाहको तयारीमा रहेको जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मंगलबार मेहेन्दी र संगीत कार्यक्रमको आयोजना गरियो ।
प्रियंका र आयुष्मानको विवाहका लागि काठमाडौंको एक रिसोर्टलाई तीन दिनको लागि बुक गरिएको छ ।
मंगलबार दिउँसो मेहेन्दीको कार्यक्रम आयोजना गरिएको थियो भने बेलुकादेखि सुरु भएको संगीत कार्यक्रम मध्य रातीसम्म चलेको थियो । आयुष्मानले पनि प्रियंकाको नामको मेहेन्दी लगाएका थिए ।
प्रियंकाले मेहेन्दी लगाउनका लागि हरियो पहिरन रोजेकी थिइन् भने बेलुकी संगीत कार्यक्रममा उनले आफ्नो आउटफिट परिवर्तन गरिरहिन् । संगीत कार्यक्रममा प्रियंकाकी आमादेखि, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशी, पूर्व मिस नेपाल जेनिसा मोक्तानलगायतका थुप्रैले आफ्नो प्रस्तुती दिएका थिए ।
संगीतमा प्रियंकाको सोलो प्रस्तुती थियो भने आयुष्मानसँगको प्रस्तुतीमा यी दुई निकै रामान्टिक भएका थिए ।
कार्यक्रममा आयुष्मान बाजा गाजासहित उपस्थित भएका थिए ।
मेहेन्दीको तस्बिर त प्रियंकाले आफ्नो इन्स्टाग्राममा राखेकी छिन् । तर संगीतको फोटो भने उपलब्ध छैन । पूर्व मिस नेपाल जेनिसा मोक्तानले भने इन्स्टाग्रामको आफ्नो स्टोरीमा संगीत कार्यक्रमका थुप्रै स–साना भिडियो पोष्ट गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण