देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् ।
- उनले कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध र पुनर्जीवित गर्न जरुरी रहेको उल्लेख गरे ।
- प्रचण्डले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका विरुद्धमा पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् । आज नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संयोजक दाहालले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए ।
देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उनले बताए ।
संयोजक दाहालले देशमा निरङ्कुश प्रवृत्ति देखा परेको र त्यसका विरुद्धमा एक पटक पुनः सङ्घर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण