शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने

शनिबार, ०९ साउन २०८३, १० : ११
शनिबार, ०९ साउन २०८३

सारांश

  • ग्लोबल आइएमई बैंकले नागरिक एपमार्फत खाता खोल्ने नयाँ सुविधा सुरु गरेको छ।
  • राष्ट्रिय परिचयपत्र भएका १८ वर्षभन्दा माथिका नागरिकले नागरिक एपबाटै व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्।
  • यस सेवाले खाता खोल्ने प्रक्रियालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाएको छ।

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा एपबाटै सोझै बैंक खाता खोल्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ।

नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। नागरिक एप प्रयोगकर्ताहरूले बैंकमा खाता खोल्न आवश्यक पर्ने क्यूआर कोड तोकिएको लिङ्कमा क्लिक गरेर प्राप्त गर्न सक्नेछन्।

नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ। यसअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकहरूले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन्।

यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व स्वीकृति लिएर खाताका लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ।

नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्नका लागि ग्राहकले आफ्नो नजिकैको शाखा कार्यालयमा गएर वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

यस सेवाको सुरुवातसँगै बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप