आफूभन्दा १० वर्ष जेठी पत्नी प्रियंकाको उमेरलाई लिएर निकले गरे यस्तो खुलासा
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । उनीहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उनीहरुको जोडीलाई धेरैले मन पनि पराए ।
तर यो जोडी ट्रोलमा पनि उत्तिकै छायो । प्रियंकाभन्दा १० वर्ष कान्छा निक उमेरकै कारणले समय सयममा चर्चामा आइरहन्छन् ।
प्रियंका अहिले ३७ वर्षकी भइसकेकी छिन् भने निक २७ वर्षका मात्र भएका छन् । उनीहरुलाई समय सयममा उमेरको विषयलाई लिएर उनीहरुमाथि प्रश्न उठ्ने गर्छ ।
पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहेका निकलाई एकजनाले उनीहरुको उमेरलाई लिएर एक जनाले प्रश्न गरेका छन् ।
निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताएका छन् । निकले भने, ‘म २७ वर्षको भएँ । मेरी श्रीमती ३७ वर्षकी भइन् ।’ उनले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण