नेहा र आदित्यको विवाहको बारेमा नेहाको अर्को खुलासा
शनिबार, १७ फागुन २०७६, ०८ : ३८
भारतीय टेलिभिजनमा प्रशारण भएको रियालिटी शो ‘इन्डियन आइडल–११’ सिजनमा नेहा कक्कर र आदिन्य नारायण झाको विवाहले निकै चर्चा पायो ।
शोमा आदित्य र नेहाको विवाह भ्यालेन्टाइन डेको दिनमा हुने पक्का भनेर समाचारहरु बाहिरिए । उनीहरुको विवाहलाई लिएर गायक उदितदेखि धेरैले चर्चा समेत गरे ।
तर, केही समयपछि उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको र विवाह पनि नक्कली भएको खुलासा भयो । त्यस विषयमा आदित्य र उदित दुवैले खुलेरै विवाहको विषय शोको टिआरपी बढाउनकै लागि गरिएको नाटक भएको बताएका थिए ।
यसपछि, नेहाले पनि यस विषयमा बोलेकी छिन् । नेहाले विवाहको कुरा नाटक मात्रै भएको खुलाएकी छिन् । उनले आदित्यको आफ्नै प्रेमिका भएको र निकट भविष्यमा नै उनले ती युवतीसँग विवाह गर्ने समेत खुलाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण