इरानमा कोरोना भाइरसका कारण थप १२ को मृत्यु (अपडेट)
इरान । इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने थप सङ्क्रमितको सङ्ख्या १२ भएको इरानी अधिकारीले सोमबार बताएका छन् । यससँगै इरानमा कोभिड–१९ भनिने यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या कूल ६६ पुगेको छ ।
इरानमा अघिल्लो दिन ५२३ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएकोमा सोमबार यो सङ्ख्या तेब्बर बढेर एक हजार ५०१ पुगेको बताइएको छ । इरानका उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले सोमबार एक पत्रकार सम्मेलन गरी भने, ‘इरानमा मार्च २ को रातिसम्म मृत्यु हुने विरामीको सङ्ख्या ६६ पुगेको र सङ्क्रमणका कारण एक हजार ५०१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।’
इरानमा सरकारी तथ्याङ्कमा मृत्यु हुनेको सङ्ख्या ६६ बताइएपनि योभन्दा निकै धेरै व्यक्तिको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या पनि निकै धेरै रहेको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण भएको भनिएको इरानको दक्षिणी क्षेत्रका एक सांसदले कोरोनाबारे सरकारले तथ्याङ्क लुकाएको भन्दै बीबीसीलाई गत बिहीबार दिएको तथ्याङ्कमा २१० व्यक्तिको मृत्यु भइसकेको बताएका थिए जबकी त्यतिबेलाको सरकारको तथ्याङ्कमा इरानमा मृत्य हुने व्यक्तिको सङ्ख्या ३० भन्दा कम उल्लेख गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण