‘नीरफूल’ सर्दा ‘म यस्तो गीत गाउँछु २’ लाई फाइदा
काठमाडौं । करिव ६ महिना सुनसान बनेको फिल्मी बजार गतसाता रिलिज दुई फिल्म ‘सेन्टी भाइरस’ र ’आमा’ले केही चहलपल गराएको छ ।
यी दुई फिल्मले हलमा गराएको दर्शकको चहल पहलको फाइदा आगामी ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई पनि पुग्ने अनुमान फिल्मकर्मीको रहेको छ ।
ती दर्शक हलमा आउँछन्, आउँदैनन् । त्यो देखिने नै छ । यो फिल्मलाई अर्काे एउटा फाइदा पनि पुगेको छ । त्यो हो सोलो रिलिजको अवसर । फागुन ३० मै आउने भनिएको अर्काे फिल्म ‘नीरफूल’ सरेको कारण यसले सोलो रिलिजको अवसर पाउन लागेको हो । एक नेपाली फिल्मसँग अर्काे नेपाली फिल्म नजुध्ने भन्दै ‘नीरफूल’ एकसाता पछि सरेको हो ।
‘नीरफूल’ सरेपछि सोलो रिलिजको अवसर पाउन लागेको यो फिल्म त्यो फाइदा उठाउन अहिले ब्यापक प्रचारप्रसारमा जुटेको छ ।
सायद त्यसैले पनि होला फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा दर्शक फकाउन स्कुलदेखि मेला महोत्सवसम्म धाउन थालेका छन् ।
सो अवसरमा उनीहरुले फिल्म प्रति दर्शक आकर्षित गर्न गीतमा नृत्य गरेर दर्शक रिझाउने समेत गरेका छन् ।
फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथाको फिल्ममा अब्बल मानिएका सुदर्शन को यो फिल्ममा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेत्री पूजा र निर्देशक सुदर्शन नै निर्माता रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण