युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त
काठमडौँ । डा. युवराज खतिवडा मन्त्री पदमा पुनः नियुक्त भएका छन् । राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिएका थिए ।
बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ ।
संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था रहेको छ । सो धाराको उपधारा १ मा धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भएपनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ ।
उपधारा २ मा नियुक्त भएको मन्त्रीले ६ महिनाभित्र संघीय संसदको सदस्यता पाएको हुनुपर्ने र उपधारा ३ मा संघीय संसदको सदस्य हुन नसकेमा मन्त्रीका लागि योग्य नहुने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पठाओ राइडरको नागरिकता दुरुपयोग गरेर ३ करोड ३७ लाख ठगी
-
बागमतीमा संसदीय समितिका सभापति चयन गर्ने तयारी
-
अलपत्र ‘दलित अधिकार’ विधेयक अघि बढाउने मन्त्री शाहीको प्रतिबद्धता
-
कर्णाली एमालेमा विवाद : अध्यक्ष ओलीसँग शाहको गुहार
-
गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा
-
लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी