सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्यो कोरोनाभाइरससम्बन्धी सचेतना कार्यक्रम
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना शाखाहरुमार्फत कोरोनाभाइरससम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ ।
गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत बिधार्थीहरु र त्यसै विद्यालयका अभिभावकहरुलाइ समेत राखि गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहजीकरण गरेका सांग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाको प्रमुख गौरब काफ्लेले कोरोनाभाइरसबाट आफु पनि बचौं र अरुलाई नी बचाऔं भन्दै जसका लागि सरसफाइमा बिशेष ध्यान दिने, मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, चुम्बन नगर्ने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्यायम गर्ने, पानि पिउने, रुघा खोकी ज्वरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने बताए ।
स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्ने उपायहरु बताउँदै घरमा आफनो परिवार छरछिमेकीलाईसमेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सञ्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे । साथै सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध समेत गरे । त्यस्तो काम गर्नेलाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा बोल्दै गल्छी गा.पा.वडा न.४ का बडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजु अधिकारीले सांग्रिला डेभलपमेन्ट बैंकको शाखा गल्छीले विश्वब्यापी रुपमा फैलिरहेको कोरेनाभाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिँदै अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण