कोरोना भाइरस नियन्त्रणका लागि चेम्बरले गर्यो विमानस्थललाई सहयोग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड १९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई विभिन्न सामाग्रीहरु उपलब्ध गराएको छ । चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामाग्रीरुरु उपलब्ध गराएको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) को सम्भावित प्रकोप नियन्त्रण तथा उपचारका लागि आफुहरुले उपलब्ध गराएको सामाग्री सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
चेम्बरले उपलब्ध गराएको सामाग्री कोरोना भाइरस प्रवेश हुन सक्ने स्थानमा प्रयोग गर्ने बताए । उनले बजारमा सहजै सामाग्री पाउन नसकेको अवस्थामा निशुल्क उपलब्ध गराएर चेम्बरले गरेको सहयोग अपुरणीय भएको बताए ।
त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालयका निर्देशक देव चन्द्रलाल कर्णले एयरपोर्ट जस्तो संवेदनशिल क्षेत्रमा हुनसक्ने संक्रमणको पहिचान र रोकथामका लागि चेम्बरले उपलब्ध गराएका सामाग्रीहरु महत्वपूर्ण हुने बताए । नेपाल चेम्बर अफ कमर्सले प्राइम किट प्रिमियम सेट, गाउन, एप्रोन, ह्याण्ड ग्लोभ, पेमर मास्क, नन कन्ट्राक्ट इन्फ्रारेड थर्मोमिटर लगायतका सामाग्रीहरु उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण