सकियो अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला
काठमाडौं । नेपालसहित बङ्गलादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी १० देशका करिव २ सय ५० बढी कलाकारको विभिन्न प्रस्तुतिसँगै दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सकिएको छ ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’ भन्ने मुल नाराका साथ गत १७ फागुनबाट काठमाडौंमा सुरु भएको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।
एभरेष्ट नेपाल कल्चरल गु्रपको आयोजनामा कमलादीस्थित प्रज्ञाभवनबाट सुरु भएको महोत्सव काठमाडौंका साथै ललितपुर र पोखरमा समेत आयोजना भएको थियो ।

नेपाली लोकसांस्कृति संरक्षण तथा सम्वर्द्र्धन गर्दै अन्तर्राष्ट्रिय कलासंस्कृतिसँग नेपाली कलासंस्कृति पनि जोड्ने महोत्सवको उदेश्य रहेको आयोजक एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए । उनले भने ‘पर्यटन प्रवद्र्धन समेत गर्ने महोत्सवको अर्काे उद्देश्य हो ।’
नेपाललगायत सबै देशका सहभागी कलाकर्मीले आफ्नो देशको लोक सांस्कृतिक नृत्य सहित विभिन्न आधा दर्जन बढी प्रस्तुति महोत्सवमा प्रस्तुत गरेको आयोजकले जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण