मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कपिलवस्तुले गर्यो एकैपटक ६२ जनालाई कारबाही

मङ्गलबार, १३ भदौ २०७४, १६ : १०
मङ्गलबार, १३ भदौ २०७४

कपिलवस्तु– नेकपा एमाले कपिलवस्तुले स्थानिय तहको निर्वाचनमा अन्र्तघात गरेको भन्दै ६२ जना लाई कार्वाही गरेको छ ।

कार्वाहीमा पर्नेमा जिल्ला नेतादेखि साधारण सदस्य समेत छन् । कार्वाही स्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ ।
जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्यहरु पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ ।

त्यस्तै, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्कासन गरिएको छ । त्यसैगरी, रामवहादुर गन्र्धवलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ ।
त्यस्तै, १५ जनालाई पार्टीबाट निस्काशन समेत गरीएको पार्टी सचिव वावुराम आचार्यले जानकारी दिए ।

जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।

वैठकले आगामी कार्ययोजना समेत तय गरेको छ । साथै वैठकले जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप