एमाले कपिलवस्तुले गर्यो एकैपटक ६२ जनालाई कारबाही
कपिलवस्तु– नेकपा एमाले कपिलवस्तुले स्थानिय तहको निर्वाचनमा अन्र्तघात गरेको भन्दै ६२ जना लाई कार्वाही गरेको छ ।
कार्वाहीमा पर्नेमा जिल्ला नेतादेखि साधारण सदस्य समेत छन् । कार्वाही स्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ ।
जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्यहरु पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाहलाई जिल्ला कमिटीबाट निलम्बन गरिएको छ ।
त्यस्तै, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलाई पार्टी कमिटीबाट निष्कासन गरिएको छ । त्यसैगरी, रामवहादुर गन्र्धवलाई पार्टी कमिटीबाट निलम्बन गरिएको छ ।
त्यस्तै, १५ जनालाई पार्टीबाट निस्काशन समेत गरीएको पार्टी सचिव वावुराम आचार्यले जानकारी दिए ।
जिल्ला कमिटी कपिलवस्तुले उनीहरुलाई पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा कारबाही गरिएको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।
वैठकले आगामी कार्ययोजना समेत तय गरेको छ । साथै वैठकले जिल्ला कमिटी सदस्य र नगर संगठन कमिटीमा केहीलाई मनोनयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण