‘प्रधानमन्त्रीको डिस्चार्ज मिति टुङ्गो छैन, तर छिट्टै हुन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले डिस्चार्ज गर्ने भन्नेबारेमा शल्यक्रियामा सहभागी चिकित्सकहरुबीच छलफल भइरहेको बताइएको छ ।
बुधबार प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै उनले प्रमको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै शल्यक्रियामा संलग्न चिकित्सको सुझावका आधारमा डिस्चार्ज गर्न सकिने बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई थप उपचारका लागि विदेश लैजान लागिएको भन्ने समाचार सत्य नभएको बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नियमित रुपमा अस्पतालले बुलेटिनमार्फत सार्वजनिक गरिरहेको भन्दै डिस्चार्जपछि निवासमा हुने भेटघाट, मिटिङ र मन्त्रिपरिषद् बैठक लगायतका सेटअप मिलाउने सन्दर्भमा काम भइरहेको जानकारी दिए ।
‘बालुवाटारको सेटअपको सिलसिलामा डिस्चार्ज पनि छिटो हुनसक्छ भन्ने चिकित्सकहरुको राय छ । तर अहिलेसम्म डिस्चार्जको केही टुङ्गो भैसकेको छैन’, सल्लाहकार थापाको भनाइ छ । उनले प्रधानन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर आएका फेक न्यूजका पछाडि नलाग्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको भने बुधबारै डिस्चार्ज भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण