प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंक प्राप्ति, चुक्ता पूँजी १३ अर्व ९८ करोड
काठमाडौं– प्राइम कमर्सियल बैंकद्वारा कैलाश विकास बैंकलाई प्राप्ति गरी आजबाट एकिकृत कारोबार सुरु भएको छ ।
आज एक समारोह बीच बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलाश विकास बैंकलाई प्राप्तिपश्चात एकिकृत कारोवार शुभारम्भ गरेका छन् ।
प्राइम बैंकका संचालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दुबै बैंकका संचालक, प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
बैंकले विभिन्न वित्तीय संस्थाहरुलाई प्राप्ति गरी आफ्नो पूँजी बृद्धि गर्ने योजना अन्र्तगत कैलाश विकास बैंकलाई प्राप्ति गरिएको हो ।
प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी १३ अर्व ९८ करोड पुगेको छ भने निक्षेप करिब रु.१३० अर्व तथा कर्जा लगानी रु. ११४ अर्व पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या २०० पुगेको छ । प्रमुख आर्थिक गतिविधिहरु हुने स्थानहरुका अतिरिक्त शाखा संजाल देशव्यापी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण