विप्लव समूहका इन्चार्ज पक्राउ
नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पूर्णजित पुन पक्राउ परेका छन् । गत माघ २८ गते राति जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले सामान्य तारेखमा रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो ।
प्रहरीले पुनको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी र जिल्ला अदालतमा विस्फोटक पदार्थ र आगजनीसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
गत साउन १५ गते घिरिङ गाउँपालिका–२ घुर्लीछापमा र पुस २६ गते भीमाद नगरपालिका–५ मिछुर्लुङमा भएको एनसेलको टावर आगजनीको घटनामा पुनलाई दोषी देखाइएको छ ।
पुनसँगै पक्राउ परेका विप्लव समूहका विद्यार्थी नेता पर्वत सेढाईँ भने जिल्ला प्रशासनको आदेशपछि रु पाँच हजार धरौटी बुझाएर रिहा भएका छन् । अदालतबाटै पक्राउ परेका पुनलाई गोरखा पठाइने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण