सवारी दुर्घटनामा महिलाको मृत्यु
शनिबार, ०१ चैत २०७६, २० : २२
रुपन्देहीको देवदहमा आज दुई टिप्पर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको दुबिया बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी गराएको छ ।
देवदह नगरपालिका–९ पाँचनम्बर डाँडा भन्ने स्थानमा बुटवलतर्फ आउँदै गरेको लु१ख २५८४ नंको टिप्पर र बुटवलबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख १२१८ नंको टिप्पर सोही दिशातर्फ जाँदै गरेको बा२०च ५५१६ नंको कारमा ठक्कर खाँदा एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा लु१ख २५८४ नंको टिप्पर चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बस्ने ३७ वर्षीय अलेशकुमार यादव घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर फुयाँलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण