पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौँ। पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो।
पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलङ्कासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो।
श्रीलङ्काले आज पहिलो सेटमा २५–१८ को जित निकालेको थियो । त्यसपछि खेलको लगातार दुई सेट नेपालले आफ्नो पक्षमा पारयो । नेपाले दोस्रो सेट २५–२१ अङ्क र तेस्रो सेट २५–१९ अङ्कले जित्यो । श्रीलङ्काले चौथो सेट २५–२१ अंकले आफनो पक्षमा पार्याे। अन्तिम सेट पनि श्रीलंकाले १५–११ ले हराउदै जित हासिल गरयो।
अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ। सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण