प्रतिक्षालयमा युवती मृत फेला
बुधबार, १४ भदौ २०७४, ०६ : ५९
कपिलवस्तु - वाणगंगा नगरपालिका –९ बर्दहवास्थित मन्दिरको प्रतिक्षालयमा मंगलबार एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
अन्दाजी १८/२० वर्षीया युवतीको कुनै पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
रातोपाटी संवाददाताका अनुसार,
-स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे ।
-युवती एक हप्तादेखी सोही गाँउमा बस्दै आइकी थिइन् ।
-उनको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताए ।
-शव पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल तौलीहवा पठाइएको छ ।
-घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।