मदिराको मातः भक्तपुरमा खाना पकाउने निहुँमा श्रीमतीको हत्या

भक्तपुर । नेपालमा मदिरको कारण दैनिक घरेलु हिंसा हुने गरेको छ । मदिराकै सुरमा कतिपय घटनामा त ज्यान नै जाने गरेको छ । गत शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ नंखेलमा मदिराकै कारण श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
फागुन ३० गते शुक्रबार दिउँस नंखेलकी ३२ पवित्रा ब्यान्जु आफ्नै दुई तले घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परिन् । मृतकको नाकबाट रगत बगेको र अन्य चोटपटक पनि छ भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली घटनास्थल पुग्यो ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायव उपरिक्षक चक्रराज जोशीको कमाण्डमा अनुसन्धान सुरु भयो । मृतक पवित्राको नाकबाट रगत बगेको र निलडाम समेत देखिएको हुँदा सुरुमा नै प्रहरीको शंकाको सुई उनको श्रीमान् ३३ वर्षका राजन ब्यान्जुतर्फ सोझियो ।
डीएसपी जोशीको टोलीले अनुसन्धान गर्ने क्रममा श्रीमान श्रीमती दुबैले सँगै बसी मादक पदार्थ सेवन गरेको र खाना पकाउने र खाने विषयमा विवाद भएको खुल्न आयो । राजनले श्रीमती पवित्रालाई लात्ती, मुक्का र दाउरा समेतले कुटपिट गरेको प्रहरी समक्ष बताएका छन् ।
प्रहरीका अनुसार पवित्राको मुत्यु श्रीमानको कुटाईबाट भएको खुल्न आएको छ । मृतक पवित्राका दाई अर्जुन भन्ने प्रेमबहादुर घर्तीले किटानी जाहेरी दिएपछि राजनलाई नियन्त्रणमा लिई कानून बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु